दशरथ रंगशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन-२’ रोबोटिक वार प्रतियोगिता
दशरथ रंगशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन-२’ रोबोटिक वार प्रतियोगिता
थानकोट ।
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको आयोजनामा हिजो शनिबारबाट ‘विश्वकर्मा ब्याटल अफ टाइटन-२’ रोबोटिक वार प्रतियोगिता सुरु भएको छ ।
तीन दिने प्रतियोगिताको अर्थ मन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका छन् ।
वास्तु, सृजना र आविष्कारका प्रतिक विश्वकर्मा बाबाको सम्मानमा ‘विश्वकर्मा ब्याटल अफ टाइटन-२’ रोबोटिक वार नाम दिइएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १७ वटा समुह तथा विश्वविद्यालयका प्रतिस्पर्धीले सहभागिता जनाइरहेको कार्यक्रम संयोजक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक चौधरीले जानकारी दिए ।
खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्ने सो प्रतियोगितामा प्रत्येक प्रतियोगी समुहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरिरहेका छन् ।
प्रतियोगितामा नेपाल विद्यार्थी संघले सबै समूह, सहभागी, आमन्त्रित अतिथि र स्वयम्सेवकलाई खानासहित आवासको सुविधा संयोजन गरेको नेपाल विद्यार्थी संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख ५० हजार रूपैयाँ, दोश्रो हुने समुहले १ लाख ५० हजार रूपैयाँ र अन्य श्रेणीमा विजयी हुने एक समुहले १ लाख गरी समग्र प्रतियोगितामा नगद पुरस्कार पाउने बताइउको छ ।
प्रतियोगिताको प्राविधिक साझेदार बलियो भेञ्चर्स जसले नेपालको हालसम्मकै सबैभन्दा सुसज्जित र सुरक्षित रोबोटिक वार प्रतियोगिता क्षेत्रको व्यवस्थापन एवं सुपरिवेक्षण गर्नेछ ।
नेपालमै दोस्रो पटक आयोजना भईरहेको प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री प्रकाश शरण महतले नविन सोंच भएका व्यवसायीहरु र स्टार्टअप कम्पनीहरुलाई रोवोटिक कार्यक्रमले प्रोत्साहन गर्ने र प्रविधिमा थप लगानी सुनिश्चित गर्न यस्ता कार्यक्रमले सबैलाई प्रोत्साहित गर्ने कुरा धारणा राखेका थिए ।
प्रतियोगिताको भोलि माघ १५ गते समापन हुनेछ ।