थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा ६ महिनाभित्र डायलासिस सेवा सुरु हुने
थानकोट ।
चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका ४ थानकोट गोदामचाैरमा अवस्थित सो अस्पतालमा डायलसिस सुरु गर्ने विषयमा बुधबार चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटि बीच सम्झाैतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा डायलासिस सेवा सुरु गर्न लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ इ, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबल ले सहजीकरण गर्ने चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटिका अध्यक्ष राजु महर्जनले बताए ।
उनका अनुसार अबको ६ महिनाभित्र डायलासिस सेवा सुरु हुनेछ ।