चाैथो अन्तरार्ष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि नेपालका अर्नव पाण्डेलाई
थानकोट ।
नेपालमा पहिलोपटक आयोजना भएको अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको चाैथो संस्करणको उपाधि नेपालका अर्नव पाण्डेले जितेका छन् ।
स्क्राबल क्लबको आयोजना तथा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविको सह-आयोजनामा सञ्चालन भएको ३ दिने प्रतियोगिताको १५ औं चरणको खेलमा शनिबार अर्नव पाण्डेले २६४३ अंक जोडे ।
प्रतियोगिताको रजत र कास्य पनि नेपाली खेलाडीले नै जिते।
रुविन श्रेष्ठ ९१२ अंकसाथ दोश्रो तथा विनिता वर्मा ६९९ अंकसाथ तेश्रो भए ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाए ।
गत बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो भए ।
उनले ७ चरणको खेलमा १४८५ अंक जोडे ।
विजेताहरूलाई संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, ब्राइट फ्यूचरका अध्यक्ष मोहनकुमार कार्की, ब्राइट फ्यूचरका प्रिन्सिपल दयाराम थापा, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष प्रदीप जोशी र महासचिव राजकुमार कार्की, स्क्राबल क्लब नेपालका अध्यक्ष केशवप्रसाद पराजुलीलगायतले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरे ।