स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन

Thankot Times

थानकोट ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बीमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिर्वतन गरेको छ ।

बीमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बीमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो ।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बीमामा आवद्ध बिमितलाई लक्षित गरि सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी मा ५० र इमर्जेन्सीमा एक सय रुपिया शुल्क तोकेको हो ।

बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकि बीमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिनुभयो । सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ ।

यस अघि बोर्डले ओपिडी शुल्क दुई सय इमर्जेन्सीको शुल्क चार सय रुपियाँ तोकेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *