नेकपा एमाले चन्द्रागिरि वडा नं. ८ को अध्यक्षमा जयराम श्रेष्ठ, सचिवमा विनोद पन्त

थानकोट ।
नेकपा एमाले चन्द्रागिरि वडा नं. ८ को अध्यक्षमा जयराम श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न सो पार्टीको दोश्रो वडा अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज आनन्द पोखरेलको उपस्थितिमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोजु थापा, सचिव बिनोद पन्त, उप सचिवमा मिना गोपाली तथा राममाया तामाङलाई चयन गरेको छ ।
सो कार्यक्रमका दाैरान चन्द्रागिरि नगरपालिका वडा नं. ८ का करिब २३० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौ क्षेत्र नम्बर १० प्रदेश ख का इन्चार्ज सन्तोष खड्काले जानकारी दिए ।
नेकपा एमालेले चन्द्रागिरि नगरमा वडा अधिवेशनको कार्य तिव्र रूपमा अघि बढाइरहेको छ ।