त्रिविसँगको सहकार्यमा चन्द्रागिरि नगरका सम्पदाहरूका बारेमा अन्तर्कृया आयोजना हुँदै

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा भोलि पाैष १३ गते शुक्रबार चन्द्रागिरि नगरका सम्पदा सम्बन्धी अन्तर्कृया कार्यक्रम आयोजना हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका भालेश्वरस्थित चन्द्रागिरि हिल्समा आयोजना हुने सो अन्तर्कृयाका दाैरान चन्द्रागिरि नगर क्षेत्रका संस्कृति प्रवर्द्धन तथा पर्यटन विकासको सम्भावनाबारे त्रिविका प्रा.डा. प्रेमकुमार खत्री लगायतले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

सो अन्तर्कृया बिहान ८ बजेबाट सुरु हुने तालिका रहेको छ ।

चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार चन्द्रागिरि नगरको संस्कृतिको प्रवर्द्धन गरि पर्यटन विकासका सहयोग पुग्ने हेतुले सो अन्तर्कृया आयोजना हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *