पाैष १४ गते ‘हाइक टू इन्द्रस्थान’ आयोजना हुने
थानकोट ।
चन्द्रागिरि हाइकर्स कम्युनिटीले यहि पाैष १४ गते शनिबार पैदल यात्रा आयोजना गर्ने भएको छ ।
स्वस्थ मुस्कानको लागि पैदलयात्रा-२०८० नाम दिइएको सो कार्यक्रम चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित नागढुंगा सुरुङ मार्ग नजिकैबाट सुरु भइ सोही वडाको इन्द्रस्थान पुगि समापन हुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिका-१ दहचोकसँगको सहकार्यमा आयोजना हुने सो पैदल यात्रा बिहान ६ बजे सुरु हुने र सहभागिताका लागि प्रति व्यक्ति पाँच सय रूपैयाँ लाग्ने आयोजकको भनाइ छ ।
चन्द्रागिरि हाइकर्स कम्युनिटिले यसअघि जेठ २० आयोजना गरेको थानकोटबाट भालेश्वर डाँडासम्मको पैदल यात्रामा ६ सय जना भन्दा धेरै सहभागि भएका थिए ।
थानकोटमा सुरू भयो विशाल पैदल यात्रा, करिब ६ सय जनाको सहभागिता