चाडपर्वको पोसाक किन्न लगाउने विद्यालयलाई बुढानीलकण्ठले पनि कारबाही गर्ने, चन्द्रागिरिमा के होला ?
थानकोट ।
बुढानीलकण्ठ नगरपालिकाले चाडपर्वका नाममा नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न विद्यालयहरुलाई सचेत गराएको छ।
नगरपालिकाभित्रका विद्यालयहरुलाई परिपत्र गर्दै नगर प्रमुख मिठाराम अधिकारीले यस्तो निर्देशन दिएका हुन्।
विद्यार्थीलाई चाडपर्वको पोसाक किन्न बाध्य पारे कारबाही गर्ने काठमाडाैं महानगरको चेतावनी
‘केही विद्यालयले विभिन्न चाडपर्वको नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाइएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलार्य अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।
परिपत्रविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले चेतावनी दिएको छ।