३२ करोड लागतमा बन्यो चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

थानकोट ।

चाँगुनारायण नगरपालिकाको नयाँ भवन सञ्चालनमा आएको छ।

नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उद्घाटन गरेका हुन्।

चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण  भएको हो।

त्यस अवसरमा नगरप्रमुख खत्रीले नगरको विकासमा नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताए।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ