नैकाप ओरालोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

Thankot Times

थानकोट ।

कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत नैकाप ओरालोमा ट्रकले मोटरसाइकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका-१४ नैकाप ओरालोमा ना. ६ ख. १९१६ नम्बरको ट्रकले बा. प्र ०२–०३० प. ३०३६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका-७ घर भई चन्द्रागिरि नगरपालिका-९ बस्ने ३ वर्षीय बालककाे मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ५१ वर्षीय चुणामणि नेपाल तथा मोटरसाइकलमा सवार २९ वर्षीय रोजिना सुवेदीको ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *