चन्द्रागिरि नगरपालिका-१ दहचोकमा खुल्यो ग्लोबल आइएमई बैंकको शाखा

Thankot Times

थानकोट ।

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ बूढानीलकण्ठ, चन्द्रागिरि नगरपालिका–१ दहचोक, चितवनको भरतपुर महानगरपालिका-८ शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका-३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तर वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *