एमालेको क्रियाशील सदस्यको भएको उजुरी पछि वीर अस्पतालका निर्देशक डा. पौडेल बर्खास्त

Thankot Times

थानकोट ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदीय जिम्मेवारी खोसेका हुन् । 

निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको बताए ।

डा. पौडेलमाथि नेकपा एमालेको क्रियाशील सदस्यको रुपमा काम गरेको उजुरी परेको थियो ।

सोही उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको थियो ।
 
यद्यपि, डा. पौडेलले आफू कुनै दलमा सक्रिय नभएको र उजुरीको विषय यसअघि नै टुंगिसकेको बताउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *