ब्राइट फ्यूचर स्कूल र चीनको टियांजिन यिंगुआ प्रायोगिक विद्यालयबीच द्वीपक्षीय सम्झाैतामा हस्ताक्षर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर स्कूल र छिमेकी मुलुक चीनको प्रसिद्ध टियांजिन यिंगुआ प्रायोगिक विद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नैकापस्थित ब्राइट फ्यूचर स्कूलमा आयोजित एक कार्यक्रमका बीच सो विद्यालयका प्रधानाध्यापक दयाराम थापा र टियांजिन यिंगुआ प्रायोगिक विद्यालयबीच विभिन्न विषयमा द्वीपक्षीय सम्झाैता आदान प्रदान भएको विद्यालयले जनाएको छ ।

सो क्रममा बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका प्रतिनिधि, बेइजिङ फाङ्काओ विदेशी भाषा विद्यालयका प्रधानाध्यापक सु गुओहुआ तथा कलंकीस्थित एलआरआइ स्कूलका ट्रस्टी शीवराज पन्त लगायतको उपस्थिति रहेको थियो ।

सो द्वीपक्षीय सम्झाैतामा दुई विद्यालयबीचमा शिक्षण सिकाइका विषय प्राथमकिताका साथ समावेश भएको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *