चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट कराँते प्रशिक्षक वीरकृष्ण शाही सम्मानित

थानकोट ।
नेपालका राष्ट्रिय कराँते प्रशिक्षक वीरकृष्ण शाही चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट सम्मानित भएका छन् ।
शनिबार चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित नैकाप फुटबल मैदान आयाेजित नैकाप गाेल्डकपकाे छैठौं संस्करण समापनका क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रशिक्षक शाहीलाई सम्मान गरेका हुन् ।
शाहीले नेपाली खेलकुदकाे क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे कदर गर्दै यसपटक चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट सम्मानित गरिएको चन्द्रागिरि स्पाेर्टस् एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँ निवासी शाहीले हिजो (शुक्रबार) मात्रै कराँतेकाे राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
चन्द्रागिरि स्पाेर्टस् अवार्डकाे पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।
नेपाली खेल जगतमा उच्च याेगदान पुर्याउने खेलाडी वा प्रशिक्षकलाई साे एकेडेमीले गत सालबाट सम्मान गर्न थालेको हाे । गतवर्ष भलिबल स्टार प्रतिभा मालीले याे सम्मान प्राप्त गरेकी थिइन्।