चन्द्रागिरि नगरका शारीरिक अशक्तहरूका लागि कतार च्यारिटीले दियो अत्याधुनिक ह्विल चेयर
थानकोट ।
मध्यपूर्वी मुलुक कतारको अन्तराष्ट्रिय संस्था कतार च्यारिटीले चन्द्रागिरि नगरमा अत्याधुनिक ह्विल चेयर उपलब्ध गराएको छ ।
शुक्रबार नगरपालिकाको कार्यालयमा संयोजित एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीलाई कतार च्यारिटीले नगरका शारीरिक अशक्तहरूका वितरण गर्नका लागि सो ह्विल चेयर हस्तान्तरण गरेको हो ।
गत कार्तिक १५ चन्द्रागिरि नगरमा कतार च्यारिटीले विभिन्न क्षेत्रमा हातेमालाे गर्न इच्छा देखाउँदै विभिन्न क्षेत्रमा सहयोगको प्रतिबद्धता जनाएको थियो ।
नगरप्रमुख घनश्याम गिरीको सचिवालय अनुसार शुक्रबार सो च्यारिटीले करिब १ दर्जन आधुनिक ह्विल चेयर उपलब्ध गराएको छ । ती ह्विल चेयर लक्षित नगरबासीहरूका लागि उपलब्ध गराइने बताइएको छ ।
कतार च्यारिटीको नेपाल योजना प्रमुख इर्शाद अलि शेखका साथै कतार च्यारिटीका अन्य प्रतिनिधिहरुको उपस्थिति ती ह्विल चेयर चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूको रोहबरमा हस्तान्तरण गरिएको थियो ।