बंगलादेशमा आयोजित तेक्वान्दो च्याम्पियनसीपमा जेसिस स्कुललाई ५ स्वर्ण, ४ रजत तथा २ कास्य पदक

Thankot Times

थानकोट ।

पहिलो बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसलन स्कुलका सबै खेलाडीहरुले पदक जितेका छन् ।

जेसिस स्कुलबाट सहभागी विद्यार्थीहरूले समग्रमा ५ स्वर्ण, ४ रजत तथा २ कास्य पदक जितेको विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिनुभयो ।

बंगबन्धु तेक्वान्दो च्याम्पियनसिपमा सहभागी जेसिस स्कुलका सबै खेलाडीलाई पदक

च्याम्पियनसिप अन्तर्गत तेक्वान्दो पुम्से विधाकाे एकलतर्फ स्नेहा श्रेष्ठ र तिलक श्रेष्ठ स्वर्ण पदक प्राप्त गर्दा क्योरुगी (स्पायरिङ) विधामा रोनिश श्रेष्ठ र रिजन मोक्तानले पनि स्वर्ण चुमेको विद्यालयले जनाएको छ । यसैगरी जेसिसका कृश बेलबासे, तिलक श्रेष्ठ, अफेस खत्री, समृद्धि महर्जन र रिजन मोक्तानले रजत पदक जितेका छन् ।

प्रतियोगितामा रोनिश श्रेष्ठ र अफेस खत्रीले कास्य पदक जित्दै विद्यालयको खातामा कूल ११ पदक दिलाएको टोली प्रमुख मिन्जु शोभा चित्रकारले जानकारी दिनुभयो । प्रतियोगितामा जेसिस स्कुलका ८ जना विद्यार्थीहरूले सहभागिता जनाएकोमा सबैले कम्तीमा एक पदक जितेका छन् ।

जेसिस स्कुलकै सहायक प्रशिक्षक चन्द्रागिरि नगरपालिका वडा न. ८ निवासी योवनदिन दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्देै स्वर्ण पदक साथै बेस्ट फाइटरको उपाधि हासिल गरेको बताइएको छ । 

सो टोली सोमबार साँझ नेपाल फर्कनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *