बंगबन्धु तेक्वान्दो च्याम्पियनसिपमा सहभागी जेसिस स्कुलका सबै खेलाडीलाई पदक

Thankot Times

थानकोट ।

पहिलो बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसलन स्कुलका सबै खेलाडीहरुले पदक जितेका छन् ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको स्पर्धामा तेक्वान्दो पुम्से विधाकाे एकलतर्फ स्नेहा श्रेष्ठ र तिलक श्रेष्ठ स्वर्ण पदक प्राप्त गर्दा समृद्धि महर्जन र रिजन मोक्तानले रजत पदक जितेका छन् ।

प्रतियोगितामा रोनिश श्रेष्ठ र अफेस खत्रीले कास्य पदक जित्दा
पुम्से समुहमा अभिनव शाक्य, कृश बेलबासे, तिलक श्रेष्ठ र रिजन मोक्तानले रजत पदक जितेको टिम प्रमुख मिन्जु शोभा चित्रकारले जानकारी दिनुभयो ।

जेसिस स्कुलबाट प्रतियोगितामा ८ जना खेलाडी सहभागी छन् ।

प्रतियोगितामा हालसम्म जेसिसले स्वर्ण २, रजत ६ र कास्य २ गरि जम्मा १० पदक जितेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *