नैकापबाट समातिए ८ जना जुवाडे, जुवाडेको साथमा रहेको नगद देख्दा प्रहरी नै चकित

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जना पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ८३ हजार ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।

नैकापस्थित एक कोलोनीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *