नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ९ बाट महासमिति सदस्यमा को-को चयन भए ? (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ९ बाट महासमिति सदस्यका लागि प्रतिनिधि चयन भएका छन् ।

सो पार्टीका क्षेत्र नं. ९ सभापति जयकृष्ण महर्जनले खुलातर्फ ५, खस आर्यतर्फ २, खुला महिला तर्फ २ तथा जनजाति तर्फ २ गरी ११ जनाको नाम चयन गरेका हुन् ।

प्राप्त विवरण अनुसार नेपाली काँग्रेसको काठमाडाैं क्षेत्र नं. ९ बाट महासमिति सदस्यमा खुलातर्फ सुमन श्रेष्ठ, सुरेश परियार, रिता दवाडी, कल्याणी खड्का र रस्मिला मल्ल चयन भएका छन् ।

यसैगरी खसआर्य तर्फ धर्मराज गाैतम र सुधा रिजाल चयन हुँदा महिला खुला तर्फ गोमा गुरुङ र दिलमाया अधिकारी चयन भएका छन् । जनजाति तर्फ भने शैलेश कर्माचार्य र डा. अमिता प्रधान महासमिति सदस्यमा चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *