स्तन क्यान्सर सम्बन्धी सचेतनाका लागि थानकोटमा पदयात्रा (वाकाथन) हुँदै
थानकोट ।
स्तन क्यान्सर सम्बन्धी सचेतनाका लागि थानकोटमा पदयात्रा (वाकाथन) गरिने भएको छ ।
मंगलोदय माविमा २०५० सालमा अध्ययन गरेका विद्यार्थीहरूको समुहको आयोजनामा असोज ३० गते मंगलबार चन्द्रागिरि नगरपालिका-४ थानकोटमा सो वाकाथन हुन लागेको बताइएको छ ।
नेपाल क्यान्सर अस्पताल, नेपाल क्यान्सर सहयोग समुह, उपचरका लागि सहयोगी हातहरु नेपाल तथा प्राउन्नी फाउन्डेसनको सह-आयोजनमा क्यान्सार विशेषज्ञ डा. प्रफुल्ल शाक्य लगायत अन्य क्यान्सर विज्ञबाट स्तन क्यान्सर सम्बन्धी सचेतनाका लागि सो कार्यक्रम आयोजना हुन लागेको हो ।
चन्द्रागिरि नगरपालिकामा पहिलो हुन लागेको सो वाकाथन थानकोटस्थित साझा घरबाट-सिलाफल-महालक्ष्मी मन्दिर-कोतघर-गोदाम-टेकानपुर महालक्ष्मी चौरसम्म पुगी समापन हुने बताइएको छ ।
कार्यक्रम बिहान ७ बजे थानकोटस्थित साझा घरबाट सुरु हुनेछ ।