चन्द्रागिरि बासीपछि काठमाडौं महानगर बासीले पनि निःशुल्क रक्त सेवा पाउने
थानकोट ।
काठमाडौँ महानगरपालिका बासीले निःशुल्क रक्त सेवा पाउने भएका छन् । महानगरले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा महानगर बासीलाई निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने भएको हो ।
महानगर बासीले यो सेवा जुनसुकै अस्पतालमा उपचार गराउँदा पनि पाउन जनाइएको छ । काठमाडौँ महानगर बासी भएको प्रमाण खुल्ने नागरिकता वा बसाइसराइ वा घर जग्गा कर तिरेको कागजात लिएर रेडक्रसको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराइने महानगरले जनाएको छ ।
यस्तै महानगरले राजधानीमा रगतको अभाव हुन नदिन आफ्नो स्वास्थ्य केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।
सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस्ता निकायलाई प्रति युनिट दुई सय सञ्चार तथा यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट, जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट १३ सय उपलब्ध गराउने भएको छ ।
यस्तै महानगरले नेपाल भरिका अति विपन्न नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने बताएको छ ।
चन्द्रागिरि नगरपालिकामा यो सुविधा गत साउन २५ गतेबाट लागु भइसकेको छ ।
चन्द्रागिरि नगरबासीलाई निःशुल्क रगत, रक्तदान शिविर गर्दा प्रति रक्तदाता २ सय रूपैयाँ सहयोग