त्रिवि केन्द्रीय पुस्तकालयको अध्ययन कक्ष अब २४ सै घण्टा खुल्ने

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्ष अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ ।

गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ ।

त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ ।

त्रिविका नियमित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारीहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार (सार्वजनिक बिदाको दिन बाहेक) पनि पुस्तकालय अध्ययनका लागि खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *