नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासियो, स्थानीय त्रासमा (फोटो फिचर)

थानकोट ।
चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएको छ ।
सुरुङ मार्ग हुँदै ईन्द्रस्थान जाने पन्चकन्या-ईन्द्रदह सडक खण्डमा ठूलो भ्वाङ परेपछि नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्राविधिकहरू सो भ्वाङ परेको स्थलमा पुगेका छन् ।
स्थानीयहरूका अनुसार सो क्षेत्रमा अहिले छेकबार लगाउने कार्य भएको छ । उनीहरूले निर्माणाधीन सुरुङ मार्गमाथि भ्वाङ परेकोले सो को निराकरण सुरुङ मार्ग आयोजनाबाट नै हुनुपर्ने माग गरेका छन् ।
नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्न केही सय मिटर बाँकी रहँदा शुक्रबार बेलुकी सो समस्या देखिएको हो ।
७.५ मिटर गहिराई र १.५ मिटर गोलाई आकारमा जमिन भासिएकोले तत्काल उक्त सडकबाट सवारी साधन आवत जावतका लागि बन्द गरिएको चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए ।
सडकको कुनामा खाडल अकस्मात ठूलो खाडल परेपछि स्थानीयहरू त्रसित बनेका छन् ।
तस्बिरः हरिश्याम रानामगर, कृष्ण केसी