पब्लिक क्याम्पसका शिक्षक तथा कर्मचारीकाे स्तर निर्धारण र बढुवा सम्बन्धी विनियमको मस्याैदा पेश

Thankot Times

थानकोट ।

नेपालका सामुदायिक क्याम्पसहरूको छाता संघ नेपाल पब्लिक क्याम्पस संघ र ती क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको संघठन पब्लिक क्याम्पस प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासमक्ष सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गरी स्तर निर्धारण र बढुवा सम्बन्धीकाे विनियम-२०८० पेश गरेको छ ।

नेपालमा सामुदायिक क्याम्पस सञ्चालनको ३७ वर्षे इतिहासमा पहिलोपटक सो विनियम पेश भएको नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष तथा चन्द्रागिरि नगरपालिका १० सतुंगलस्थित काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुघ्नप्रसाद गुप्ता बताउनुभयो ।

सोमबार नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष गुप्ताकाे नेतृत्वमा नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघका पदाधिकारीहरुको टोलीले त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासमक्ष सो विनियम पेश गरेको हो ।

सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गरी स्तर निर्धारण र बढुवा सम्बन्धीकाे विनियम विश्वविद्यालयले नै तयार गरी कार्यकारी परिषद्ले पास गर्नुपर्ने व्यवस्था भए पनि नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले आ-आफ्नो  अवधारणा सहितको विनियमको मसौदा प्रारम्भिक मस्याैदा तयार गरि उपकुलपतिलाई बुझाएको हो ।

दुई वटा संघले तयार पारेको सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गरी स्तर निर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८० को मस्याैदामा  विश्वविद्यालयले ताेकेका मापदण्ड पुरा गरेका सामुदायिक क्याम्पसका प्राध्यापकलाई बढुवा गर्नुपर्ने र राज्यले मान्यता दिनुपर्ने स्पष्ट दृष्टिकाेण राखिएको नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

त्रि.वि उपकुलपति समक्ष पेश गरिएको सो विनियमको मस्याैदा विश्वविद्यालयले तयार पार्ने विनियमलाई सहयाेग पुगोस भन्ने उदेश्यले यो विनियमको मस्याैदा गरि बुझाएको बताइएको छ।

विनियमको मस्याैदा बुझ्दै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले सो विनियमका धेरै विषय समेटेर विनियम जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, त्रिभुवन विश्वविद्यालयले जारी गर्ने विनियम तयार हुँदैछ, विज्ञसहितकाे टाेलीले यसलाई तयार पार्दै हुनुहुन्छ, तपाँईहरुले तयार पार्नु भएको विनियममा भएका धेरै विषयहरुलाई समेटेर आवश्यक संशाेधनसहित अन्तिम रूप दिन्छौ । विनियमलाई अन्तिम रूप दिईसकेपछि नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघसँग पुन: छलफलमा बसेर मात्र विनियम जारी गर्नेछौ ।”

उपकुलपति बास्कोटाले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गर्ने जिम्मेवारी राज्यकै दायित्व भएको भन्दै नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले तयार पारेको सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गरी स्तर निर्धारण र बढुवा सम्बन्धीकाे विनियम-२०८० सम्बन्धि मस्याैदा विश्वविद्यालयले तयार पार्ने विनियमलाई महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सामुदायिक क्याम्पसहरूलाई सही मार्गमा लैजान विनियम अत्यन्तै आवश्यकता भएको उनको भनाई थियो ।

त्रिविका उपकुलपतिलाई सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पद प्रमाणीकरण गरी स्तर निर्धारण र बढुवा सम्बन्धीकाे विनियम-२०८० पेश गर्ने क्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ता, संघका निवर्तमान अध्यक्ष तथा विनियम मस्याैदा समितिका संयाेजक शिवराज सञ्जेल, सल्लाहकार भाेलानाथ ओझा, महासचिव गाेविन्दबहादुर कार्की, उपमहासचिव नेत्रप्रसाद न्याैपाने, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष नरेन्द्र काेइराला, महासचिव सन्ताेस पण्डित, उपप्राध्यापक षडानन्द गुरागाई लगायतको  उपस्थिति रहेकाे थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *