पति शोकमा रहनुभएकी बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठलाई राष्ट्रपति पाैडेलको फोन

Thankot Times

थानकोट ।

पति शोकमा रहनुभएकी बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ तथा उनका परिवारजनप्रति समवेदना दिन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित प्रदेश सभा सदस्य श्रेष्ठको निवासमा आउने क्रम जारी छ । 

प्रदेश सभा सदस्य श्रेष्ठका श्रीमान ईन्जिनियर भुपेन्द्रलाल श्रेष्ठको क्यान्सर तथा मृगाैला सम्बन्धी रोगको उपचारका क्रममा असोज ११ गते निधन भएको थियो ।

बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठलाई पति वियाेेग

यसैबीच राष्ट्रपति रामचन्द्र पाैडेलको प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठलाई फोन गरि समवेदना दिएका छन् । 

राष्ट्रपति पाैडेलले मंगलबार बिहान १० बजे प्रदेश सभा सदस्य श्रेष्ठलाई फोन गरि समवेदना दिएको बताइएको छ। मंगलबार नै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, बागमती प्रदेशका मन्त्री पुकार महर्जन लगायत श्रद्धाञ्जलीका लागि श्रेष्ठको निवास पुगेका थिए भने सोमबार नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालापनि सतुंगल आई सांसद् श्रेष्ठका परिवारजनसँग भेटेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *