बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठलाई पति वियाेेग

Thankot Times

थानकोट ।
नेपाली काँग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठलाई पति वियोग परेको छ ।
चन्द्रागिरि नगरपालिका- ११ सतुगंल निवासी बागमती प्रदेश सभा सदस्य श्रेष्ठका श्रीमान भुपेन्द्रलाल श्रेष्ठकाे बिहीबार बिहान ११:३० बजे निधन भएकाे नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं १० का कार्यबाहक क्षेत्रीय सभापति धर्मनन्द श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रेष्ठ लामाे समयदेखि क्यान्सर तथा मृगौला सम्बन्धि राेगबाट पिडित थिए । २०१५ सालमा जन्मिएका श्रेष्ठ ईञ्जिनियरिङ पेशासँग सम्बन्धित थिए ।  दिवंगत श्रेष्ठको शुक्रबार अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जानकारी दिएकाे छ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *