ईन्द्रजात्राका अवसरमा जेसिस स्कुलमा पुलुकिसी नाच

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसनल स्कुलले इन्द्रजात्राकाे अवसरमा इन्द्रजात्रा उत्सव विशेष कार्यक्रम आयोजना गरेको छ ।
सो क्रममा विद्यालयका विद्यार्थीहरुले लाखे नाच, कुमारी प्रदर्शन तथा पुलुकिसीको यात्रा समेत देखाएका थिए ।
कार्यक्रममा प्राथमिक तथा माध्यमिक दुवै तहका विद्यार्थीले बजाएकाे बाँसुरी तथा धाँ बाजाकाे तालमा लाखे (कक्षा १० का छात्र अभि महर्जन ) नाच देखाएका थिए ।
कार्यक्रममा पृथ्वी नारायण शाहले इन्द्रजात्राकै अवसर पारेर काठमाडौं विजय गरेको र विजय पश्चात इन्द्रजात्रा मनाएको तथ्यका विषयमा कक्षा १२ का विद्यार्थी सुजन श्रेष्ठले खोजमुलक प्रस्तुति दिए भने कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीद्वय श्रवना मोक्तान र जिजसिका रोक्काले इन्द्रजात्राको किंवदन्ती सुनाएका थिए । सो कार्यक्रममा कक्षा ६, ८ र ९ मा अध्ययरत विद्यार्थीत्रय निसाश श्रेष्ठ, सुविन थापा तथा प्रनिस श्रेष्ठले इन्द्राजात्रामा लाखे किन नचाइन्छ भन्ने विषयमा जानकारीमूलक सामाग्री प्रस्तुत गरेका थिए ।

यस किसिमका सांस्कृतिक चाडपर्व तथा उत्सवहरुमा विद्यार्थीलाई सहभागी गराउँदा उनीहरुमा आफ्नो संस्कार संस्कृतिप्रतिको आत्मियता बढ्न गई यसको संरक्षण र सम्वर्द्धनमा थप प्रोत्साहन मिल्ने तथा सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका विषयमा गहन ज्ञान हासिल गर्न सघाउ पुग्ने विश्वास विद्यालयले लिएकाे प्रधानाध्यापक सरोज महर्जनले बताए ।
कार्यक्रममा विद्यालयका सञ्चालक धनकुमार महर्जन लगायत विद्यालयका शिक्षक शिक्षिकासमेतको उपस्थिति रहेकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *