काठमाडाैं शिक्षा क्याम्पसकी सानुमायालाई विश्व सितोरियो कराँते च्याम्पियनसीपमा कास्य पदक

Thankot Times

थानकोट ।

इण्डोनेशियाको जाकर्तामा सम्पन्न दशाैं विश्व सितोरियो कराते च्याम्पियनसीपमा नेपालले १ स्वर्णसहित ९ पदक प्राप्त गरेको छ । 

प्रतियोगितामा अरिका गुरूङले स्वर्ण पदक जित्दा मोहमद शेख, विप्लवलाल श्रेष्ठ र निरूपा दोङ तामाङले रजत पदक जितेका छन् ।

यसैगरी सबिना श्रेष्ठ, सन्तोष श्रेष्ठ, पुष्पक लामा र आशिष थापाले कास्य पदक जितेका छन् ।

यस्तै महिला टिम कुमुतेले पनि कास्य पदक हात पारेको छ । सो टोलीमा अरिका गुरुङ, निरुपा दोङ, सबिना श्रेष्ठ, सानुमाया थिङ र अलिसा राजकोटी मगर सम्मिलित थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *