नेपाल बैंक लिमिटेडको अध्यक्षमा चन्द्रागिरिका डा.चन्द्रबहादुर अधिकारी नियुक्त
थानकोट ।
नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् ।
असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा डा. अधिकारीलाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष डा. अधिकारीले असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।
अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका चन्द्रागिरि नगर निवासी डा. अधिकारी करिब एक महिनाअघि सो बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका थिए। उनी यसअघि कृषि विकास बैंकको सञ्चालक समिति सदस्य रहिसकेका छन् ।