चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापबाट करिब ३७ लाख रूपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा चोरीको घटना भएको छ। 

प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब ३७ लाख ४५ हजार एक सय ५० बराबरको धनमाल चोरी भएको हो ।

वृत्तका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार चोरीमा संलग्न व्यक्तिको खोजी जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *