सतुगंलमा चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति
थानकोट ।
चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा मानवीय क्षति नभएपनि ९३ लाख रूपैयाँ बढीको क्षति भएको छ ।
शनिबार बिहान विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका ११ सतुगंलका जनप्रतिनिधि सिंह बहादुर महर्जनका अनुसार सो आगो नियन्त्रणका लागि विभिन्न स्थानका ३ वटा वारूण यन्त्र प्रयोग गरिएको थियो ।