छैठाैं नैकाप गोल्डकपको सर्वोत्कृष्ठ खेलाडी पुरस्कारमा ईञ्जिनियर केसीको प्रायोजन

Thankot Times

थानकोट ।

यही असोज २७ गतेबाट सुरू हुने चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करणमा सर्वोत्कृष्ठ खेलाडी घोषित हुने खेलाडीले प्राप्त गर्ने पुरस्कारका लागि ईञ्जिनियर बरूण केसीले प्रायोजन गर्ने भएका छन् ।

पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप फुटबल प्रतियोगिता असोज २७ गतेबाट

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने छैटाैं संस्करणको नैकाप गोल्डकपका सर्वोत्कृष्ठ खेलाडीले नगद १५ हजार रूपैयाँ तथा ट्रफी पुरस्कार पाउनेछन् ।

बढीमा ३२ टोलीले सहभागिता जनाउने सो प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते शनिबार खेलाइनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् । यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *