चन्द्रागिरि नगरका सबै सरकारी विद्यालयमा आज पठन पाठन अवरूद्ध हुने

Thankot Times

थानकोट ।

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेपछि सो आन्दोलनमा चन्द्रागिरि नगर क्षेत्रका सरकारी विद्यालमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पनि साथ दिने भएका छन् ।

शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा सहभागी हुने भएपछि चन्द्रागिरि नगरका सबै २४ वटा सरकारी/सामुदायिक विद्यालयहरूमा आज पठन पाठन अवरूद्ध हुने भएको छ।  यद्यपी आज मुलुकभरका सरकारी/सामुदायिक विद्यालयहरू पठन पाठन बन्द रहने नेपाल शिक्षक महासंघले जनाएको छ।

नेपाल शिक्षक संघ चन्द्रागिरि नगर अध्यक्ष नन्दलाल श्रेष्ठले महासंघले आह्वान गरेको आन्दोलनमा चन्द्रागिरि नगरका सरकारी/सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वतःस्फूर्त रूपमा ऐक्यबद्धता रहने बताए । उनका अनुसार हिजो बुधबार माइतीघरमा भएको शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनमा चन्द्रागिरि नगरका सबै सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

चन्द्रागिरि नगरका ती विद्यालयमा शिक्षक तथा कर्मचारीहरू गरी करिब ३२५ जना कार्यरत रहेको बताइन्छ ।

यसैबीच चन्द्रागिरि नगरपालिकाका सरकारी विद्यालयहरूले शिक्षक, कर्मचारी  आन्दोलनमा सहभागी हुँदा अवरूद्ध भएको पठन पाठन अन्य बिदाका दिन कक्षा लिई पुर्ति गरिने बताएका छन् । सामाजीक सञ्जालमा सूचना प्रकाशित गर्दै विद्यालयहरूले सो जनाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *