पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप फुटबल प्रतियोगिता असोज २७ गतेबाट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करण यही असोज २७ गतेबाट सुरू हुने भएको छ ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने छैटाैं संस्करणको नैकाप गोल्डकप प्रतियोगिताको उद्घाटन खेल असोज २७ गते शनिबार उद्घाटन र फाइनल खेल कार्तिक २५ गते शनिबार खेलाइने बताइएको छ ।

३२ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

२० हजार रूपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागिताका लागि इच्छुक फुटबल क्लबले असोज २४ गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजक संस्थाले जानकारी दिएको छ।

पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । तारकेश्वर चाैथों संस्करणको पनि डिफेन्डिङ च्याम्पियन थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *