अन्तरार्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सतुगंलस्थित जेसिस स्कुललाई १ स्वर्णसहित ५ पदक
थानकोट ।
११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामामा चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित जेसिस स्कुलले पाँच पदक हात पारेको छ ।
भदाै २७ देखी ३१ गतेसम्म काठमाडाैंमा भएको प्रतियोगितामा जेसिस स्कुलले १ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेको हो ।
जेसिसका लागि संस्कृति तामाङले स्वर्ण पदक जितिन् ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्तरुपमा आयोजित सो प्रतियोगितामा जेसिस स्कुलका प्रनिष लोहनीले रजत तथा रोनिश श्रेष्ठ, प्रयुष लोहनी र क्याट्रिन बुचाले कास्य पदक प्राप्त गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो महासंघको कभर्ड हलमा आयोजित सो प्रतियोगितामा सिनियर र जुनियर गरी १ हजार ७ सय ७८ खेलाडी (७११ महिला र १ हजार ६७ पुरुष) सहभागी भएका थिए ।