चन्द्रागिरि-१५ तीनथानास्थित बखु खोलामा मृत भेटिएका पुरूषको सनाखत अझै हुन सकेन

Thankot Times

थानकोट ।

आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित बखु खोलामा मृत फेला परेका एक पुरुषको अझै सनाखत हुन सकेको छैन् ।

प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार अन्दाजी ३५ वर्ष जति उमेर देखिने ती पुरूषको शव हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

शवको पोष्टमर्टन हुन बाँकी रहेकोले के कति कारण ती व्यक्तिको मृत्यु भएको हो सो खुल्न नसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार सो शव चन्द्रागिरि र कीर्तिपुर नगर जोड्ने झोलुङ्गे पुल मुनी खोलामा फेला परेको हो ।

तस्बिरः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *