नैकापस्थित ब्राइट किन्डर वर्ल्डलाई सार्क एजुकेशन अवार्ड
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट किन्डर वर्ल्ड सार्क एजुकेशन अवार्ड- २०२३ बाट सम्मानित भएको छ ।
भारतको पश्चित बंगाल राज्यको दार्जलिङस्थित प्रसिद्ध सेन्ट जोशेफ स्कूलमा हिजो (सेप्टेम्बर ९ मा) आयोजित एक समारोहमा ब्राइट किन्डर वर्ल्डका निर्देशक हिरा थापालाई सो सम्मान प्रदान गरिएको हो ।
दक्षिण एसियाली राष्ट्रहरुमा समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई सो सम्मान प्रदान गर्ने गरिन्छ ।
सो समारोहमा सार्क सदस्य राष्ट्रका पाकिस्तान बाहेकका मुलुकका २० वटा प्रतिष्ठित शैक्षिक संस्थाहरुलाई सार्क एजुकेशन अवार्डबाट प्रदान गरिएको थियो ।
ब्राइट किन्डर वर्ल्ड करिब २ हजार विद्यार्थीहरू अध्ययनरत चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट फ्यूचर स्कूलको पूर्व प्राथमिक तह शिक्षा शाखा (मन्टेश्वरी) हो ।
ब्राइट फ्यूचर स्कूलले विगत ३५ वर्ष देखि गुणात्मक शिक्षा प्रदान गर्दै आइरहेको छ भने राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय मञ्चहरूमा सक्रिय उपस्थिति जनाउँदै विभिन्न पदक तथा सम्मानहरू हासिल गर्दै आएको छ ।