मातातीर्थ आयुर्वेद औषधालयमा भोलि शुक्रबार नरदेवी आयुर्वेदका चिकित्सकले परामर्श सेवा दिँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थमा रहेको नगरको एकमात्र आयुर्वेदिक औषधालयमा भोलि (भदाै २२ गते शुक्रबार) विशेष चिकित्सकीय सेवा उपलब्ध हुने भएको छ।

चन्द्रागिरि नगरको स्वास्थ्य शाखाका अनुसार सो आयुर्वेदिक औषधालयमा नरदेवी आयुर्वेद चिकित्सालयका वरिष्ठ आयुर्वेद चिकित्सक एवं मनोरोग विशेषज्ञ (क्लिनिकल साइकोजोजिष्ट) डा. बैकुण्ठ सुवेदीले परामर्श सेवा दिने बताइएको छ ।

सो क्रममा डा. सुवेदीबाट तनाव, डिप्रेशन, निन्द्रा नलाग्ने लगायतका मनोगत समस्या तथा ढाड कम्मरको दुखाइ, हड्डी खिइएको तथा नसा सम्बन्धी समस्याका बारेमा परामर्श सेवा उपलब्ध हुने बताइएको छ।

सूचना हेर्नुहोस्

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *