नेपाल नेशनल अस्पताल र काठमाडाैं जिल्ला खेलकुद विकास समितिबीच स्वास्थ्य उपचारमा छुट सम्झौता

Thankot Times

थानकोट ।

कलंकीस्थित नेपाल नेशनल अस्पताल र काठमाडाैं जिल्ला खेलकुद विकास समितिबीच स्वास्थ्य उपचारमा सुविधा उपलब्ध गराउने सन्दर्भमा दुई पक्षीय सम्झाैता सम्पन्न भएको छ।

सम्झाैता पत्रमा जनाइए अनुसार अब काठमाडौ जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरू, सो समिति अन्तर्गतका खेलाडी तथा समितिका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूले नेपाल नेशनल अस्पतालमा विभिन्न रोगका उपचारका क्रममा लाग्ने शुल्कमा २५% सम्म छुट सुविधा प्राप्त गर्नेछन्।

बुधबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच नेपाल नेशनल अस्पतालका निर्देशक डा. प्रकाश पौडेल र काठमाडौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सो सम्झाैता पत्रमा हस्ताक्षर गर्नुभएको अस्पताल व्यवस्थापक समीर शर्माले जानकारी दिनुभयो ।

सो अस्पतालले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको समेत उपचारका लागि सहजीकरण गर्दै आएको छ । अस्पतालले नेपालको खेल जगतसँग सम्बन्धित पक्षहरूसँग भविष्यमा पनि सहकार्य गरी उपचारमा सहजीकरण गर्दै जाने जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *