नैकापमा आकाशे पुल बनाउन चन्द्रागिरि नगरले थाल्यो अध्ययन
थानकोट ।
सवारी साधन तथा पैदल यात्रीहरूको अत्यधिक घुँइचो हुने चन्द्रागिरिका विभिन्न चोकहरू मध्येको प्रमुख चोक नैकापमा आकाशे पुल बनाउने सन्दर्भमा चन्द्रागिरि नगरपालिकाले अध्ययन सुरु गरेको छ ।
आइतबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाई महर्जन, चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेललगायतका जनप्रतिनिधि सम्मlलित नगरका प्राविधिकहरूको टोलिले नैकाप चोकमा आकाशे पुल राख्ने सम्भावित स्थलको निरीक्षण गरेको हो ।
ट्रस (फलामे) आकाशे पुल निर्माणका लागि चन्द्रागिरि नगरबाट बजेट विनियोजन भइसकेकोले सो स्थलमा आकाशे पुल राख्नका लागि सडक विभाग अन्तर्गतको सडक बोर्डसँग आवश्यक समन्वय गरि टेण्डर प्रकिया अघि बढाउने नगरप्रमुख घनश्याम गिरीले सो क्रममा जानकारी दिनुभयो ।
त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रका नैकाप, चेकपोष्ट, थानकोट, गुर्जुधारा, सतुगंल लगायका चोकमा सवारी चाप अत्यधिक रहँदा पैदलयात्रीहरूले असुरक्षित रूपमा सडक वारपार गर्नुपर्ने बाध्यता छ । यी स्थानका केही चोकमा ट्राफिक बत्ती राख्ने सन्दर्भमा पनि आवश्यक अध्ययन भइरहेको बताइएको छ ।
ramro cha aajaii ramro garnuu.नैकाप नया भन्ज्यङ बाट बाहिछाप जने bato पटिको रोडमा ढल हालेर बाटो चौडा गर्ने अनि सडक पिज गर्ने कार्यमा पनि ढिला नगर्दा राम्रो हुनेछ।