४० देश सम्मिलित अन्तरार्ष्ट्रिय संगीत प्रतियोगितामा ब्राइट फ्यूचरलाई पाँचाै स्थान

Thankot Times

थानकोट ।

मित्रराष्ट्र भारतको लखनउस्थित विश्वप्रख्यात विद्यालय सिटी मन्टेश्वरीमा सम्पन्न सेलेस्टा अन्तरार्ष्ट्रिय संगीत प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित ब्राइट फ्युचर माविको अर्केस्ट्रा टिमले समग्रमा पाँचाै स्थान हासिल गरेको छ ।

विश्वका विभिन्न ४० मुलुकका विद्यालयले सहभागिता जनाएको सो प्रतियोगितामा संगीतका विभिन्न ७ विधामा प्रतिस्पर्धा गर्न नेपालबाट चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्यूचर मावि तथा भक्तपुरको माउण्ट भ्यू स्कूलका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

सिटी मन्टेश्वरी विद्यालय शिक्षाको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाका लागि संसारभरबाट एकपटक पुग्नै पर्ने ‘शैक्षिक धाम’का रूपमा चित्रण हुने गरेको छ ।

प्रतियोगितामा ब्राइट फ्यूचरका तर्फबाट श्रावक महर्जन, संस्कृति खड्का, जोयल महर्जन, श्रिनश थापा, अनमोल रिजाल, अनमोल खड्का र समरान्त गिरीले प्रतिस्पर्धा गरेका थिए ।

अन्तरार्ष्ट्रिय संगीत प्रतियोगिताका लागि ब्राइट फ्यूचरका विद्यार्थी लखनउ जाँदै, ६ विधामा दाबी पेश हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *