सतुगंलमा भदाै १३ गते गुंःपुन्हि (जनै पूर्णिमा) मनाइने, १४ गते सापारू (गाईजात्रा)

Thankot Times

थानकोट ।  

चन्द्रागिरि नगरपालिकाको प्राचीन मध्येको एक नेवा वस्तीः सतुगंलमा यो वर्ष भाद्र १४ गते गाईजात्रा (सापारु) मनाईने भएको छ । 

सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको बैठकले गुंःपुन्हि (क्वाति) भाद्र १३ गते र सापारु १४ गते मनाउने निर्णय गरेको बताइएको छ।  

यस्तै भाद्र १५ गते मत्या (गणेश जात्रा) र भाद्र १६ गते वाः पिकेगु ख्याल (रोपाई जात्रा) मनाउने निर्यण भएको सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ । 

तिथिको घटबढका कारण यसपटक काठमाडाैं, ललितपुर र भक्तपुरमा गुंःपुन्हि (क्वाति) र सापारु मनाउने दिन अलग अलग हुने भएका छन् । चन्द्रागिरि नगरका अन्य नेवाः वस्तीहरूमा यसवर्ष कुन दिन गुंःपुन्हि (क्वाति) र सापारु मनाउने भन्ने सन्दर्भमा छलफल भइरहेको बुझिएको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *