१९औं एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस अस्पताल
थानकोट ।
चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र ब्लुक्रस अस्पताल प्रा.लि. बीच सम्झौता भएको छ ।
राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिक निर्देशक सतिदेवी गौतम सिंहले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालले सहुलियत दरमा एसियाड टोलीलाई उपचार सेवा उपलब्ध गराउने छ ।
१९ औं एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरका रूपमा सम्झाैता गर्न आयोजित कार्यक्रममा राखेपका प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रस अस्पतालका श्रीप्रसाद तिवारी र सन्ध्या केसीलगायतको उपस्थिति रहेको थियो ।