नेकपा एमाले चन्द्रागिरि-४ को अध्यक्षमा सुन्दर श्रेष्ठ सर्वसम्मत

Thankot Times

थानकोट । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चन्द्रागिरि नगरमा वडा अधिवेशन सुरू गरेको छ ।

सो पार्टीले शनिबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटबाट वडा अधिवेशन सुरू गर्दै पार्टी कमिटि गठन गरेको हो । 

प्राप्त विवरण अनुसार सो पार्टीको दोश्रो अधिवेशनबाट चन्द्रागिरि वडा नं. ४ को वडा कमिटि अध्यक्षमा सुन्दर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सो पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं. ४ को वडा कमिटि उपाध्यक्षमा नृपेन्द्र गोपाली, सचिवमा रवि श्रेष्ठ, उपसचिवमा निर्मला श्रेष्ठ चयन भएका छन् ।

१५ सदस्यीय वडा कमिटिको सदस्यमा क्रमश चन्दन गोपाली, मनिष श्रेष्ठ, श्यामलाल श्रेष्ठ, सरिता श्रेष्ठ, सुर्जमाया महर्जन, लिला बहादुर श्रेष्ठ, प्रजेश श्रेष्ठ, शुसिल प्रसाद श्रेष्ठ, सुमन लामा र मनिष श्रेष्ठ सर्वसम्मत चुनिएको बताइएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सर्मिला कार्कीकाे उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य लेमन श्रेष्ठले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *