कलंकीस्थित नेपाल नेशनल अस्पतालमा रक्तदान शिविर सम्पन्न

Thankot Times

थानकोट ।

काठमाडाैंको कलंकीस्थित नेपाल नेशनल अस्पताल, लायन्स क्लब अफ काठमाडाैं कर्पोरेट तथा नेपाल लंग फाउण्डेशनको संयुक्त तत्ववधानमा शनिबार रक्तदान शिविर सञ्चालन सम्पन्न भएको छ ।

नेपाल नेशनल अस्पताल हातामा सञ्चालित सो शिविरमा ५० जनाले सहभागिता जनाएको अस्पताल प्रशासनले जनाएको छ ।

बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म जारी रहेको सो शिविरमा निःशुल्क रूपमा मधुमेहको जाँच गरिएको थियो ।

नेपाल नेशनल अस्पताल नियमित रूपमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *