कलंकीस्थित नेपाल नेशनल अस्पतालमा भोलि शनिबार रक्तदान शिविर सञ्चालन हुने
थानकोट ।
नेपाल नेशनल अस्पताल, कलंकी, लायन्स क्लब अफ काठमाडाैं कर्पोरेट तथा नेपाल लंग फाउण्डेशनको संयुक्त तत्ववधानमा रक्तदान शिविर सञ्चालन हुने भएको छ ।
भोलि शनिबार (भदाै २ गते) कलंकीस्थित नेपाल नेशनल अस्पताल हातामा सञ्चालन हुने सो शिविर बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म जारी रहने अस्पतालले जनाएको छ ।
सो क्रममा मधुमेहको जाँच निःशुल्क हुने समेत अस्पतालले जनाएको छ ।