कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर सांसद् डा. चन्द्र भण्डारीको सफल शल्यक्रिया

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ ।

करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको बुधबार कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत नेपाल आएका थिए ।

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस् आएको बताए ।

नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *