ब्राजिलमा आयोजना हुने यु-१५ जिम्नासियाडमा चन्द्रागिरि नगरका विद्यार्थी पनि सहभागी हुँदै

Thankot Times

थानकोट ।

ब्राजिलमा अगष्ट १९ देखि २७ तारिखसम्म आयोजना हुने आईएसएफ यु-१५ जिम्नासियाडमा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ ।

खेल उत्सवमा नेपालका स्कुले खेलाडीहरूले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३२ खेल मा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको टेबलटेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

यसैगरी पौडीमा आरुशा शाक्य, श्रयला महर्जन र सुगम श्रेष्ठ सिन्याले रियो दि जेनेरियोमा खेल काैशल देखाउँदा तेक्वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

बास्केटबलमा संयमी घिमिरे, आर्या पौड्याल, ओजश्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले चुनाैती पेश गर्नेछन् ।

बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापाले प्रतिस्पर्धा गर्नेछन् ।

सो टोलीको भीआईपी डेलिगेट प्रदीप जोशी, हेड अफ डेलिगेसन चन्द्रागिरि नगरपालिका १४ तीनथानास्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसन सोविनराज रेग्मी, निर्णायक धनकुमार मैनाली र रोशन बोहरा, प्रशिक्षक सदीश प्रधान, प्रकाश थापा मगर, राधाबहादुर तामाङ, अन्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियल नवीन महर्जन र राजेश राई पनि शुक्रबार बिहान ब्राजिलतर्फ उड्नेछन्। 

टोलीसँगै आईएसएफटीसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीपनि ब्राजिल जानेछन् ।

यसैबीच आईएसएफ यु-१५ जिम्नासियाडमा सहभागी हुने खेलाडी तथा टोलीका प्रतिनिधिलाई राष्ट्रिय खेलकुद परिषद् ले मंगलबार बिदाइ गरेको छ । बिदाइ कार्यक्रमका दाैरान उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टंकलाल घिसिङ, सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङलगायतको उपस्थिति रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *