आँखा रोगका कारण गोकर्णेश्वरभित्रका विद्यालय ४ दिन बन्द हुने

Thankot Times

थानकोट ।

काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ ।

नगरपालिकाले साेमबार एक सूचना प्रकाशित गरी प्रकोपका रूपमा फैलिरहेको आँखा रोगका कारण जनस्वास्थ्यमा असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको जनाएको छ ।

आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्रका विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको नगरपालिकाका मेयर दीपककुमार रिसालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *