थानकोटमा रहेको ऐतिहासिक गुफाको उत्खनन गरिँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले यस वर्ष वडा नं. ४ रहेको ऐतिहासिक गुफा उत्खनन् गर्ने भएको छ ।

थानकोटमा रहेको प्राचीन गुफा उत्खनन् गर्ने विषय नगरको यसवर्षको नीति तथा कार्यक्रम मा नै समावेश गरिएको छ ।

नगरप्रमुख घनश्याम गिरीले शनिबार आयोजित चन्द्रागिरि अनुशीलन पुस्तक लोकार्पणका क्रममा समेत थानकोट पानीघाटमा रहेको सो गुफा उत्खनन् को तयारी भइरहेको जानकारी दिनुभयो।

प्राचीनकालमा थानकोट क्षेत्रमा राज्य गरेका वाणासुरले दक्षिणकाली पुग्न सो गुफा हुँदै आवतजावत गर्ने गरेको किंंवदन्ती रहेको छ ।

सुरक्षाको कारण देखाउँदै हाल सो गुफामा मानवीय गतिविधिमा रोक लगाइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *